रिजिल हुनुभन्दा तीन दिनअघि रेखा थापा अभिनीत चलचित्र ‘पलास’माथि चलचित्र सेन्सर बोर्डले कैँची चलाएको छ । बोर्डले १६ वर्षमुनिका बालबालिकाले हेर्न नपाउने गरी चलचित्रलाई ‘एडल्ट’ सर्टिफिकेट दिएको हो ।

पलास चैत १८ गते (शुक्रबार) रिलिज हुँदै छ । ‘रामप्यारी’पछि एक वर्षको अन्तरालमा अन्य कुनै फिल्ममा नदेखिएकी रेखाले पलासले हलहरू कब्जा गर्ने दाबी गरिरहँदा बोर्डले सेन्सरसहित पास गरेको हो ।

किन १६ वर्षमुनिकालाई हेर्न रोक लगाइयो त रु प्रश्नमा फिल्म निर्मात्री कृषा चौलागाईंले भनिन्, ‘चलचित्रका केही संवादका कारण एडल्ट सर्टिफिकेट दिइएको छ । तर, कुनै दृश्य र संवाद भने काटिएको छैन ।’

पछिल्ला फिल्महरूमा ‘एक्सन’ अवतारमा देखिएकी रेखा पलासमा भने शिक्षिकासँगै यौनधन्दा गर्ने युवतीको भूमिकामा छिन् । फिल्ममार्फत महिला सशक्तीकरण र महिला हिंसाको सवालका सामाजिक कथा दिइएको रेखा बताउँछिन् ।

सिंगल र मल्टिप्लेक्स दुवै हलहरूमा एकैसाथ रिलिज हुने पलासमा थापासहित आयुव केसी, कामेश्वर चौरसियाको मुख्य भूमिका छ । फिल्म कृषा चौलागाईंको निर्माणमा बनेको हो ।