धरान/धरान जेसिजले गर्ने ‘टेष्टी–टेष्टी मिस एसईई’ को चौथो संस्करण गर्ने भएको छ । चौथो संस्करणको अडिसन चैत्र २२ गते हुने जेसिजले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
[caption id="attachment_37887" align="alignnone" width="1024"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष गर्दै आएको कार्यक्रमको निरन्तरता स्वरुप यो वर्ष पनि कार्यक्रम गर्न लागेको हो ।
अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई र्याम्पवर्क, क्याटवर्क, उद्घोषणकला, लाइफस्कील, प्रभावकारी भाषण कला, बेसिक मेकअप, विपद् व्यवस्थापन, सेल्फ डिफेन्स, टाइम मेनेजमेन्ट, मोटिभेशन, प्राथमिक उपचार कोर्ष र डाइनिङ बिहेवियरको तालिम प्रदान गर्ने क्रिएटिभ डाइरेक्टर मोहन श्रेष्ठले बताए ।
बिजेताले कक्षा ११ र १२ को अध्ययन गर्न पाउने छ भने टप १० मा आउनेहरुले ५० प्रतिशत छुटमा अध्ययनको मौका पाउने छन् ।
व्यक्तिगत तर्फ मिस डिसिप्लिन, मिस फोटोजेनिक, मिस फ्रेण्डसिप, मिस एक्टिभ, मिस ट्यालेन्ट, मिस व्युटिफुल, मिस क्याटवक र मिस वेष्ट ड्रेसको पुुरस्कार प्रदान गरिने धरान जेसिस वर्ष २०१७ का अध्यक्ष सन्दीप श्रेष्ठले बताए । प्रतियोगिताको ग्राण्ड फिनाले बैसाख १५ गते सभागृहमा हुने छ ।