तालीमको क्रममा तीनजना म्यादी प्रहरीको मृत्यु
काठमाडौँ / म्यादी प्रहरीमा भर्ना हुन तालीममा रहेका तीनजनाको मृत्यु भएको छ । बाँकेमा तालीमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोश भएर लडेका थिए । लगत्तै अस्पताल पु¥याइएको र उनको मृत्यु भएको एसपी टेकबहादुर राईले बताए ।
यस्तै खोटाङको सतेश्वरका २४ वर्षीय किशोर निरौलाको पनि मृत्यु भएको छ । तालीमका क्रममा बेहोश भएका उनको उपचारका क्रममा निधन भएको हो ।
यस्तै, विराटनगर–१६ का तुलसी राजवंशीको लडेर निधन भएको डीआईजी रमेश भट्टराईले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























