धरान / स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर स्थानिय प्रशासनले सुनसरीको सीमा नाकाहरुमा सुरक्षामा कडाई गर्न थालेको छ । भारतीय सुरक्षा बल एसएसवी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलको संयुक्त गस्ती शुरु गरिएको हो । सुनसरीमा सशस्त्र प्रहरी वलले सीमा नाकाका साथै सीमा क्षेत्रसम्म आउने जाने सडकहरुमा समेत सुरक्षा गस्ती बढाएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ । गस्तीको क्रममा एक सातामा दर्जन बढी लागु औषधका कारोवारीसहित अवैध सामान ओसारपसार गर्नेहरु समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ । भारतीय सीमासुरक्षा बल एसएसवीले सुनसरी पारीको भारतीय भूमि भिमनगर, वीरपुर ,वनेलीपट्टी सम्मको क्षेत्रमा सुरक्षा गस्ती बढाउँदै चेकजाँचमा कडाई गरेको छ । नेपालको स्थानिय तहको निर्वाचनमा सीमानामा चलखेल नहोस भनेर भारतले पनि उच्च सर्तकता अपनाएको छ । सीमा नाकामा गरिएको कडाईले लागु औषध प्रयोगकर्ता र कारोवारीलाई समस्या परेको छ । गत शनिवार भारतीय प्रहरीले भारतको वीरपुरस्थित एक औषधी पसलमा लागुऔषध खरिद गर्न पुगेका ५ जना नेपालीलाई पक्राउ गरी भारतिय अदालत अन्र्तगतको वीरपुर न्यायालयमा कारवाहीका लागि बुझाएको छ । सुनसरीको भण्टावारी नाकाबाट गएका ती युवाहरुको साथबाट नक्कली औषधी समेत फेला पारेको थियो । प्रहरीले स्थानीय भारतीय नागरिकलाई समेत े नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसएसवीका भिमनगर कमाण्डेड अभिषेक सिहंले बताए । उनीहरु सुनसरीके भएको बताइएको छ । तर जिल्ला प्रशासन कार्यालय सुनसरीमा उनीहरु पक्राउ गरेको विषयमा भारतीय सुरक्षाकर्मीले पनि खवर दिएका छ्रैनन् । घर परिवारबाट पनि कसैले पक्राउ गरेको विषयमा उजुरी नगरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । भारतले आगुऔषध कारोवारलाई कडाईलाई प्रथामिकतामा राखेको बताइएको छ । निर्वाचनालाई लक्षित गरेर सयुक्त गस्ती पनि थालिएको छ । सीमा नाकाबाट हुने चोरी तस्करी, पैठारीजस्ता कुरालाई लक्षित गरेर सीमानामा सुरक्षाकर्मी खटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । उनले भने–‘नाकामा कडाई गरिएको छ । आउजाउ गर्ने तथा अवैध सामान ओसारपसरा गर्नेलाई प्रहरीले निगरानी बढाएको छ ।’ आईतबार नै सीमानाका गाउपालिकाहरु देवाङगञ्ज, कप्ताङगञ्जलगायतका स्थानमा सुृरक्षा प्रमुखसहितको टोली अनुगमन गरेर आएको उनले बताए । भारतीय प्रहरीले नेपाली नागरिक पक्राउ गरेको विषयमा आफु कहाँ आधिकारीक जानकारी नआएको तर पत्रपत्रिकाबाट थाहा पाएको प्रजिअ पराजुलीले बताए । लागु औषध कारोवारी पक्राउ गरेको भन्ने जानकारी पाएको उनले बताए । यस्ता अवैध काम गर्नेलाई कारवाही गर्नु पर्छ भन्ने हाम्रो पनि मान्यता भएकाले लागु औषधको मुहान नै बन्ध गर्न लागी परेको उनले बताए ।