बिराटनगर/ विराटनगरको पोखरियामा पाथिभरा देवी माता शक्तिपीठको धर्मशाला, अनाथाश्रम, वृद्धाश्रम तथा सामुदायिक भवनहरु निर्माण हुन थालेको छ । भक्तजनहरुको सहयोगबाट भवनहरु निर्माण थालिएको स्थानीयले बताएका छन् । केही वर्ष अघि श्रीमद भागवत महायज्ञ मार्फत संकलन भएको रकमले जमिन खरिद गरी दाताहरुको सहयोगबाट भवन निर्माणको काम अघि बढाइरहेको स्थानीय भूमिराज तिम्सिनाले जानकारी दिनुभयो । भवन निर्माणकालागि अहिलेसम्म सन्तोष भगत दुर्गाचौकबाट एकाउन्न हजार एक सय एक, शैलेन्द्रमणी त्रिपाठी भैरहवाबाट एघार हजार एक सय, सुवर्ण जोशीबाट ५ हजार एक सय ५१, सत्यनारायण प्रजातिबाट ११ हजार एक, अखिलेश चौधरीबाट ५ हजार १ सय एक, षडानन्द रायबाट ५ हजार एक सय, अशोक शाहबाट ५ हजार ५ सय ५५, सहयोग प्रदान गरिसकेको तिम्सिनाले जानकारी दिए ।