काठमाडाैं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र चितुवा पसेपछि बन्द गरिएकाे विमानस्थल खुलेकाे छ । सोमबार बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय टर्मिनलका कर्मचारीले जानकारी दिएका छन् ।

कर्मचारीका अनुसार  ७ बजेतिर धावन मार्गमा चितुवा देखिएको थियो । चितुवा देखिने वित्तिकै सुरक्षाकर्मी र विमानस्थलमा रहेका सिकारीलाई खबर गरिएको थियो । अहिले चितुवा देखिएको छैन । सुरक्षाकर्मी र सिकारी मिलेर चितुवाको खोजी कार्य जारी छ ।

ती कर्मचारीका अनुसार विमानस्थल अनिश्चितसमयसम्म बन्द गरिएको छ । उनले भने, 'हामीले यति नै बजेसम्म बन्द भनेर भनेका छैनौं । चितुवाको वस्तुस्थिति थाहा नलागुन्जेल विमानस्थल बन्द हुन्छ ।'

यसले गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । अहिले अवतरणको लागि एरयर अरेबिया र ड्रुक एयर आएका थिए । दुवै जहाज आकाशमा होल्ड छन् भने जेट एयरवेज उड्ने तयारीमा थियो । जेटका सबै यात्रुहरु बोर्डिङ भइसकेपनि चितुवा आएका कारण रोक्किएका छन् ।