इनरुवा/ जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका ४० किसान समूहलाई साना सिँचाइका लागि भूमिगत पानी तान्ने पम्पसेट वितरण गरेको छ ।

जिल्लामा साना सिँचाइका लागि एक सय ५ जना किसान समूहको आवेदन परेकामा ४० जनालाई सो पम्पसेट उपलब्ध गराएको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिए ।