प्यूठान/ प्यूठान नगरपालिका–४ झिमरुक नदी किनारमा एक युवकको शव फेला परेको छ। बिहीबार विहान खेलकुद मैदान नजिक झिमरुक नदीमा अन्दाजी २३ वर्षीय युवाको शव फेला परेको प्रहरीले जनाएको छ।
शवको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी रंजितसिंह राठौंरले जानकारी दिए । उनका अनुसार झिमरुक नदीमा तारजाली लगाउने काममा संलग्न मजदुर हुनसक्ने अनुमान गरिएको छ।
जिल्लाका निर्माण व्यवसायीहरुसँग सम्वन्य गरेर शवको पहिचान गर्ने काम भइरहेको उनको भनाई छ। शवलाई पोष्टर्माटमका लागि प्यूठान अस्पतालमा राखिएको छ।