धरान/एभरेष्टलाइन दक्षिण तुलसीपथ सडक निर्माणको काम सुरु भएको छ । बिहीबार एक कार्यक्रम गर्दै ३२० मिटर लामो सडक सिलान्यास गरिएको छ ।
धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख किरण भुजेलले सडकको सिलान्यास गरेका छन् । धरान उपमहानगरको ५० प्रतिशत र जनसहभागिता ५० प्रतिशतमा सडक निर्माण हुन लागेको हो । सडकको ड्रेनदेखि कालोपत्रेसम्म ६३ लाख रुपैया लाग्ने सडक निर्माण समितिका अध्यक्ष बद्री अधिकारीले बताए ।
२० फिट चौडाई रहेको सडक २०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने उनले बताए । हाल उपभोक्ताहरुले ५ लाख ६६ हजार रुपैया संकलन गरिसकेका छन् । ४४ घरधनी रहेको उक्त सडक खण्डको लागि जनसहभागितामा साढे ३१ लाख रुपैया संकलन गर्नु पर्ने अध्यक्ष अधिकारीले बताए ।
सिलान्यासका क्रममा एमालेका नगर अध्यक्ष तारा सुब्बा, नेकपा माओवादी केन्द्रका नगर संयोजक चोत्लुङलगायत उपस्थित रहेका थिए । उक्त सडकको काम २०७४ बैसाखको पहिलो साताबाट सुरु हुने सडक निर्माणको ठेक्का पाएका ठेकेदार रणबहादुर थाङ्देनले बताए । धरानमा यसरी बनाउछन् जनताले सडक
धरान/एभरेष्टलाइन दक्षिण तुलसीपथ सडक निर्माणको काम सुरु भएको छ । बिहीबार एक कार्यक्रम गर्दै ३२० मिटर लामो सडक सिलान्यास गरिएको छ ।
धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख किरण भुजेलले सडकको सिलान्यास गरेका छन् । धरान उपमहानगरको ५० प्रतिशत र जनसहभागिता ५० प्रतिशतमा सडक निर्माण हुन लागेको हो । सडकको ड्रेनदेखि कालोपत्रेसम्म ६३ लाख रुपैया लाग्ने सडक निर्माण समितिका अध्यक्ष बद्री अधिकारीले बताए ।
२० फिट चौडाई रहेको सडक २०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने उनले बताए । हाल उपभोक्ताहरुले ५ लाख ६६ हजार रुपैया संकलन गरिसकेका छन् । ४४ घरधनी रहेको उक्त सडक खण्डको लागि जनसहभागितामा साढे ३१ लाख रुपैया संकलन गर्नु पर्ने अध्यक्ष अधिकारीले बताए ।
सिलान्यासका क्रममा एमालेका नगर अध्यक्ष तारा सुब्बा, नेकपा माओवादी केन्द्रका नगर संयोजक चोत्लुङलगायत उपस्थित रहेका थिए । उक्त सडकको काम २०७४ बैसाखको पहिलो साताबाट सुरु हुने सडक निर्माणको ठेक्का पाएका ठेकेदार रणबहादुर थाङ्देनले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।