दैलेख/ जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत डिएसपी केदार रजौरेमाथि उजुरी परेको छ । सार्वजनिक स्थलमै महिला प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै उनले रजौरेमाथि उजुरी हालेक हुन् । म्यादि प्रहरी छनौटको क्रम चलिरहेको बेलामा रजौरले आफूलाई चुल्ठोमा समाएर घुचुकमा हिर्काएको भन्दै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले उजुरी हालेकी छन् । मध्य पश्चिम क्षेत्रीय प्रहरी प्रमुख र प्रहरी प्रधान कार्यालयलाई बोधार्थ लेखेर उनले भेरी अञ्चल प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । तर अहिले सम्म उजुरीमाथि कुनैपनि कारबाही नभएको उनले गुनासो गरेकी छन् । आफ्नो कुनै गल्ती नभएपछि डिएसपीले चुल्ठो समाएर घुचुक्कमा हिर्काएको उनले बताइन् । हाकिम हुँदैमा आफू माथि हात हाल्नुपर्ने कारण नरहेको उनी बताउँछिन् । कर्तव्य पालनको शिलशिलामा कमीकमजोरी भएमा कार्यालयमै बोलाएर सजग गराउन सक्ने, कारबाही गर्न सक्ने कानुनी बाटाहरु भएको समेत उनले बताएकी छन् । रजौरेलाई कारबाही गर्नुको साटो उनको बचाउमा भेरी अञ्चल प्रहरी कार्यालय लागेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत अरु महिलाहरुलेपनि रजौरेको व्यवहारबाट आफूहरु आजित भएको बताएका छन् । कतिपयले त संवेदनशिल अंगमा समेत डिएसपीले छुन खोज्ने आरोप लगाउँछन् । रजौरेले २० गते म्यादी प्रहरी भर्ना छनौटको क्रममा आफूलाई दुब्र्यवहार गरेको आरोप रेखाले लगाएकी छन् । डिएसपीले चाहिँ आफूले हकारेको तर दुब्र्यबहार नगरेको बताएका छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले चाहिँ सामान्य घटनालाई महिला प्रहरीले अनावश्यक रुपमा उचालेको बताएका छन् ।