काठमाडौ/ पूर्व राजा ज्ञानेन्द्र शाहले नातीको ब्रतबन्धको अवसरमा होटल सोल्टीमा दिएको पार्टीमा पुर्व युवराज पारस शाह धेरैको आकर्षणको केन्द्रमा रहे । पारसको श्रीमती हिमानीसहितका परिवारका सदस्यसँग राम्रो सम्बन्ध नरहेको भन्ने चर्चा चल्ने गरेकाले उनी धेरैकै आकर्षणको केन्द्र बनेका हुन् ।

कालो चस्मा र कालै सुट लगाएर पारस शाह पुर्व राजपरिवारका अन्य सदस्यसँगै आमन्त्रित पाहुनाहरुको स्वागतमा सहभागि भएका थिए । पारस, श्रीमति हिमानी र छोरी पुर्णिका पाहुनाहरुसँगै फोटो खिचाउन व्यस्त देखिएका थिए । लामो समयदेखि सँगै नदेखिएका पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी यो पार्टीमा भने सँगै देखिएका थिए ।