मोरङ/ विराटनगरका उद्योगी–व्यापारीको ठूलो र पुरानो संस्था मोरङ व्यापार संघले एक प्रदेशको विकासका लागि अर्थमन्त्री महरासमक्ष १४ बुँदे सुझाव पेश गरेको छ। मोरङ व्यापार संघको ६२ औं वार्षिक साधरणसमाभा सहभागी आएका महरालाई संघले १४ बुँदे सुझाव दिएको हो।

यस्ता छन् १४ बुँदा सुझाव

१ व्यापार संघले उर्वर भूमिको प्लटिङ गर्ने

२ चुरे र महाभारत क्षेत्रको दोहन गर्ने

३ कृषि श्रमिकको अभाव हुने जस्ता समस्या हटाउन नीतिगत व्यवस्था गर्नुपर्ने

४ जोगमनी किमाथांका सडक राष्ट्रिय राजमार्गको रुपमा स्तरोन्नति गर्नुपर्ने

५ विराटनगगर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने

६ विराटनगरको रिङ रोडको अवधारण पुरा गर्ने

७ भन्सार कार्यालयलाई आधुनिक बनाउने तथा विराटनगरलाई विशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने

८ नेपाल राष्ट्र बैंकले बिस्तारित मौद्रिक नीति अवलम्बन गर्नुपर्ने र उत्पादनमूलक क्षेत्रमा सुलभ ब्याजदरमा लगानी प्रवाह हुने व्यवस्था गर्नुपर्ने

९ खेलकुदको अग्रणी क्षेत्र रहेको पूर्वाञ्चल र हालको १ नम्बर प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला निर्माण गर्नुपर्ने

१० अन्तराष्ट्रिय बजारको पहिचान गरी स्वदेशी कृषि उत्पादनको बजार प्रबद्र्धन गर्नुपर्ने तथा पर्यटकीय सम्भाव्यतको अध्ययन गरी लगानी गर्नुपर्ने

११ भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना, रेलमार्ग, राजमार्ग, जलविद्युत् आयोजना, सिंचाई परियोजना, शिक्षा, स्वास्थ्य र अनुशासित मानव पुँजीजस्ता आर्थिक विकासका पूर्वाधार निर्माण गर्न बजेटले प्राथमिकता दिनुपर्ने

१२ स्वदेशी तथा विदेशी लगानीको प्रोत्साहन, उत्पादनमुखी बजेट, व्यापार घाटा कम गर्नुपर्ने

१३ वैदेशिक रोजगारी र श्रम व्यवस्थापनमा देखिएको समस्या हल गर्नुपर्ने

१४ विश्व व्यापार संगठन साप्ता, बिमस्टेकको अवधारणा अनुरुप करका दरहरु घटाउँदै जाने र आन्तरिक करदाताको दायरा फराकिलो पार्दै जानुपर्ने।