पोखरा: जंगली च्याउ खाँदा पोखरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखराको लामाचौर स्थित तामाङ परिवारका तीन जनाको बिषालु जंगली च्याउ खाँदा ज्यान गएको कास्की प्रहरीले बताएको छ। च्याउ खाएर बिरामी भएका एक जनाको काठमाडांैको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।

जंगलवाट ल्याइएको बिषालु च्याउँको सेवनवाट ६० वर्षीय माइली तामाङ, उनकी १९ वर्र्षीय छोरी मनमाया तामाङ र नाति ८ वर्षीय सोनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए। सोनामका दाजु वर्ष १२ का आयुष मगरको काठमाडाैंको कान्तिबाल अस्पतालमा उपचार भइरहेको डिएसपी खत्रीले बताए ।

आइतवार चैत १९ गते मनमायाले मन्दिर दर्शन गरेर फर्कदा जंगलमा फलेको च्याउ राम्रो देखेर टिपेर ल्याएको च्याउँ बेलुका चारै जनाले खाएको बताइएको छ। जंगली च्याउँ खाँदा पखला लागेपछि सुरुमा मेडिकलवाट औषधी ल्याएर खाएका थिए । च्याउको असरवाट गम्भीर बिरामी भएपछि माइलीलाई मणिपाल शिक्षा अस्पताल र मनमायाँको गण्डकी मेडिकल कलेज र सोनमको चरक मेमोरियल अस्पतालमा अस्पतालमा लगेर उपचार गरिएको प्रहरीले बताएको छ।

उपचारका क्रममा माइली तामाङ र मनमायाको शुक्रवार साँझ र सोनमको बिहीवार मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए। वर्षा मौषम सुरु भएपछि जंगलमा धेरै प्रकारका विषालु च्याउ फल्ने भएकोले राम्रो देखेर च्याउ टिपेर खाने गर्दा धेरैको ज्यान जाने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्काले जंगली च्याउ नखान सबैलाई अनुरोध गरे।