पोखरा/ मुसहर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) फाउन्डेसनलाई फोटोग्राफर सङ्घ नेपाल, पोखरा शाखाले २० हजार एक रुपैयाँ सहयोग गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पूर्वी नेपालको भ्रमणमा निस्केको भ्रमण टोलीले महोत्तरीको मुसहर बस्तीमा आयोजित एक कार्यक्रममा सङ्घको पोखरा शाखाका अध्यक्ष तुलसीराम सुवेदीले सो फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरे ।

पोखरा फोटोग्राफर सङ्घको कोषबाट ५ हजार तथा भ्रमण टोलीमा सहभागी संस्थाका २० जना सदस्यले यात्राका लागि छुट्याएको रकमबाट १५ हजार एक सय सङ्कलन गरी सो सहयोग हस्तान्तरण गरेको हो ।

रासस