एजेन्सी/हिन्दूहरूका लागि गाई पूजनीय जनावर हो । गोमातालाई सम्मान गरिन्छ नेपाल र भारतमा ।
तर बेलायतमा गाईलाई खतरनाक जनावर मानिन्छ । त्यहाँ गाईको तौलका कारण उसलाई खतरनाक मानिएको हो । एक टनभन्दा बढी तौल भएका जनावरलाई बेलायतमा खतरनाक मानिन्छ । भारी वजन भएको जनावरले कसैलाई पनि ठोक्दिन सक्छ वा कुल्चिन सक्छ । लन्डनको हेल्थ एन्ड सेफ्टी एक्जेक्युटिभले जारी गरेको आँकडा अनुसार बेलायतमा पछिल्ला १५ वर्षमा गाईले ७४ व्यक्तिको ज्यान लिइसकेको छ । त्यही कारणले गर्दा गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको हो ।उक्त संस्थाले किसानहरूलाई सार्वजनिक बाटोमा गाई नछोड्न सल्लाह दिएको छ । यसबाट दुर्घटना कम हुने उसको विश्वास छ ।