[caption id="attachment_39398" align="alignleft" width="493"] याे फायल तस्विर हाे[/caption]

तेह्रथुम/आठराई गाउ पालिकाको सक्रान्तिबजारमा शुक्रबार बेलुका स्थानीयबासी र प्रहरी बिच झडप हुदा ३ जना घाईते भएका छन् । स्थानीय र प्रहरी बिचको झडपमा प्रहरीको लाठीचार्जबाट २ जना स्थानीयबासी र एक जना सशस्त्र प्रहरी जवान घाईते भएका हुन ।

प्रहरीको लाठी चार्जबाट स्थानीय ५५ बर्षिय सन्त बहादुर कार्की र अन्दाजी बर्ष १८ की एक जना महिला घाईते भएका छन । आन्दोलनकारीको ढुंगा प्रहारबाट सशस्त्र प्रहरी बरिष्ट हवल्दार दिपराज राई घाईते भएका छन । घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैहरको छ ।

अनियन्त्रीत भिडले ईलाका प्रहरी कार्यालयमा आक्रमण गरे पछि भिड नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड अश्रु ग्यास समेत प्रयोग गरेको छ । ईलाम जिल्ला माईती घर भएकी बर्ष १८ की सरिता तामाङको आत्महत्या भएको भन्ने पोष्टमार्टम रिपोर्ट गल्ती भएको भन्दै माईती पक्ष र स्थानीयबासीले ईलाका प्रहरी कार्यालय सक्रान्ती घेराउ गर्न जादा झडब भएको स्थानीयवासी बाशु बरालले बताए ।

उनका अनुसार झडप पछि प्रर्दशनमा उत्रिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले अहिले सार्बजकि नगरेको बताईएको छ ।

गत चैत्र १५ गते सक्रान्ति गाबिसको बुकी भन्ने स्थानमा आफ्नै घरको कोठामा तामाङको सब झुण्डीएको अबस्थामा फेला परेको थियो । घटनाको प्रकृती हेर्दा आत्महत्या नभई हत्या भएको माईती पक्षले सङका गरे पछि निश्पक्ष छानबिन गर्नु पर्ने माग गर्दै स्थानीयबासी र माईती पक्ष ईलाका प्रहरी कार्यालयमा प्रदर्शन गर्दै पुगेको थियो ।

झडप अपह्रान्न साढे ६ बजे भएको स्थानीयले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक भागेन्द्र पुरुष ढकालले स्थितीलाई नियन्त्रणमा लिन केहि राउण्ड अश्रूग्यास हान्नुपरेको बताए ।