उर्लाबारी / रक्तदानको महत्व र रक्तदातालाई उत्प्रेरित गर्न शुक्रबार दक्षिणी मोरङको सौंठामा एक दिवसीय रक्तदाता उत्प्रेणा कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, मोरङकोे आयोजना तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत नेशनल पब्लिक हेल्थ लेब्रोटरी र रक्तसञ्चार सेवा केन्द्रको सहयोगमा सञ्चालित सो कार्यक्रममा रेडक्रस उपशाखाका पदाधिकारी, सङ्घ–संस्थाका प्रतिनिधि र सञ्चारकर्मी गरी ६० जना सहभागी थिए । रेडक्रसका कर्मचारी एवम् सहजकर्ताहरू कुमार निरौला, सञ्जय कामत, सुमन सिंह, शिवानन्द यादवलगायतले मानव जीवनमा रगतको महत्वसँगै रक्तदान गर्न सर्वसाधारणलाई कसरी उत्प्रेरित गर्ने भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । रेडक्रसका जिल्ला सभापति सुबोधकुमार सिंहको अध्यक्षता तथा सिजुवा उपशाखाका यशस्कर सदस्य देउमान सुब्बाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा रेडक्रसका मन्त्री डिल्ली पोखरेल, सिजुवा उपशाखाका सभापति भरत कार्कीलगायतले विराटनगरलाई पूर्व क्षेत्रको मेडिकल हब बनाउन र रगतको अभावलाई न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको बताए ।