स्पेन,२५ बार्सिलोना-गैरआवासिय नेपाली संघ स्पेनले नेपाली समुदायहरुलाई लक्षित ड्राइभिङ कक्षा संचालनमा ल्याएको छ ।
संघको बार्सिलोनास्थित कार्यालयमा नेपाली युवाहरुलाई शिप मुलक ड्राइभिङ लिखित कक्षा संचालनमा ल्याएको छ । नेपाललीहरुको सवारी चालक अनुमतीपत्र प्रति बढि आर्कषण बढ्दै गएकाले संघको पहलमा यो अभियानलाई अगाडी बढाएको हो ।
बार्सिलोना भन्दा बाहिर काम गर्न जाने नेपालीहरुको संख्या बढ्दै गएकाले आजभोली सवारी चालक अनुमती पत्र अनिवार्य जस्तै बनेको विधार्थी धिराज शर्माले बताए ।
स्पेनमा बस्ने नेपालीहरुले आफ्नै ब्यापार ब्यवसाय संचालनमा समेत सहज र छिटो भन्दा छिटो काम सम्पन्न गर्नका लागि पनि अति आवश्यक बन्दै गएको शर्माले बताए ।
जिन्दगीलाई सहज र सरल,चलाएमान बनाउन सस्तोमा कक्षा संचालन गरेको र बाहिर पढदा तिन सय देखि माथि पर्ने भएकाले संघको सहकार्यमा दुई सय पचासमै पढाईएकाले सजिलो भएको एक परिक्षार्थी शिभ प्रसाद गौतमले बताए । यो कक्षा सोमबार देखि शुक्रबार सम्म पाँच दिन संघको कार्यालयमा एक घण्टा ३० मिनेटको कक्षा संन्चालनमा नौ जना सहभागि छन् ।
संघले सिप सिकौ संक्षम बनौ भन्दै नेपालीहरुलाई आत्मबल, हौशला प्रदान गर्नका लागि यो अभियान ल्याएको संघका अध्यक्ष मुक्क्त गुरुङ्ग बताउछन् । एनआरएनले यो अभियान दुई महिनाको लागि ल्याइएको भएता पनि सम्पुर्ण परिक्षार्थीहरुको सवारी चालक अनुमति पत्र लिखित पास नहुन्जेल सम्म संचालन गर्ने गुरुङ्गले बताए ।
अध्यक्ष गुरुङ्गले भने ’स्पेन बार्सिलोनामा बस्ने नेपाली समुदायका मान्छेहरुको सवारी चालक पत्र प्रति आर्कषण बढ्दो गतिमा देखिएकाले हामीले यो अभियान संचालनमा ल्याएको बताए ।
संघले काम प्रति दक्षता र अनुभव भएता पनि र्बािर्सलोना बाहिर कामको सम्भाब्यता बढि भएकाले हामी नेपाली सवारी चालक अनुमती पत्र नहुदा सक्षम बनेकाले रोजगारीबाट बञ्चित हुन कोहि पनि नेपाली नपरोस भनेर संघको पहलमा भएको हो । बार्सिलोमा मात्र नेपालीहरुको संख्या करिब पाँच हजारको हाराहारीमा रहेको छ ।