काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा तरकारीको मूल्य घटेको छ भने चिनीको मूल्य बढ्न पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको समिक्षा प्रतिवेदनले यस्तो देखाएको हो।
राष्ट्र बैंकका अनुसार दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यु तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएको छ । यही समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य भने १०.७ प्रतिशतले वृद्धि भएको छ।