काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्र्रहार भएको छ । लामामाथि मंगलबार विहान कुमारीगालको दिब्या पार्टी प्यालेसमा गोली प्रहार भएको हो ।
उनलाई तीन गोली लागेको छ र नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
बौद्ध प्रहरीका डीएसपी विपिन रेग्मीले भने, ‘पछाडिबाट गोली लागेको भनिएको छ । अहिले उनको अपरेशन हुँदैछ ।’
उनले घटनाबारे छानविन भइरहेको बताए ।
तस्वीरः दावाको फेसबुकबाट