कांग्रेसमा अन्तरघात गर्नेलाई तत्काल कारबाही
सुनसरी/नेपाली कांग्रेस सुनसरीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गर्ने र अन्तरघात गर्नेलाई तत्काल कारबाही गर्ने भएको छ ।
त्यस्तै पार्टीमा बाघी उम्मेद्वार उठ्नेलाई पनि कारबाही गर्ने भएको हो । जिल्ला सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले मंगलबार यस्तो निर्णय गर्दै पार्टीलाई असहयोग, अन्तरघात तथा बाघी उठ्नेलाई कारबाही गर्ने जनाएको हो । जिल्ला सदस्य अगमलाल चौधरीको अध्यक्षतामा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।
अन्तरघात गर्नेहरुलाई पार्टी निस्काशनसम्म गर्ने निीति लिएको छ । हरके पटकको चुनावहरुमा पार्टी भित्रैबाट घात अन्तरघात हुने गरेको पार्टीका कार्यकर्ताहरुबाट व्यापक गुनासो आएपछि यसपटक यस्तो निर्णय लिएको हो । समितिमा आमन्त्रित सदस्य जमिल आजद र जिल्ला सदस्य अनिल श्रेष्ठ रहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























