सुनसरी/ सुनसरीकोे कोसी गाउँपालिका–५ को मलदैयाटोलमा बिहीबार आगोलागी हुँदा ३५ घर जलेर नस्ट भएका छन् ।
स्थानीय मनेरु मियाँको घरबाट सल्केको आगो बस्तीमा फैलिएपछि मुसलमान टोलका ३५ घर जलेर नस्ट भएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालको नेतृत्वमा करिब एक सय प्रहरी परिचालन गरिएको छ ।
समयमा दमकल आउन नसक्दा आगो नियन्त्रणमा समस्या भएको हो । आगो निभाउने प्रयास जारी छ ।
इनरुवा, विराटनगर र राजविराजबाट दमकल ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगोलागीको कारण भने खुल्न सकेको छैन ।