धनकुटा/ पूर्बको पर्यटकीय नगरी धनकुटाको भेडेटारमा भेडाको प्रतिमा स्थापना गरिने भएको छ ।
गत बैशाखमा गएको भूकम्पले जीर्ण बनाएको पुरानो भ्यूटावर हटाएर सो स्थानमा नयाँ भ्यू टावरसहित भेडाको प्रतिमा स्थापना गर्न लागिएको हो ।
भेडेटारको पहिचानका रुपमा भेडाको तीन मिटर अग्लो प्रतिमूर्तिसहित दृष्यावलोकन गर्न मिल्ने १४ फिट अग्लो नयाँ भ्यू टावर निर्माण गरिने निर्माण समितिले जनाएको छ ।
पुरानो तीन तले भ्यू टावर पटक पटकको भूकम्पले जीर्ण बनाएपछि तत्कालिन जिल्ला विकास समिति र पर्यटन विकास कार्यालय काँकरभिट्टाको करिब ५३ लाख रुपैयाँको आर्थिक सहयोगमा भेडासहितको भूकम्प प्रतिरोधी एक तले टावर बनाउन लागिएको हो ।