वि.सं. २०७४ साल वैशाख ३ गते। आइतबार। इश्वी सन् २०१७ अप्रिल १६ तारिख। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– पञ्चमी, १९:४३ बजेउप्रान्त षष्ठी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) केही खर्च लागे पनि मध्याह्नसम्म दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। अपराह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर रहनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि आफ्ना योजना गोप्य राखी समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउला। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त होला। गृहस्थी पनि सुखमय बन्नेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मिहिनेतले मनग्य आम्दानी समेत दिलाउनेछ। साँझदेखि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्ला। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साँझदेखि अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। भने काममा साथ दिनेहरू पनि बढ्नेछन्। मिहिनेत गर्दा पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। साँझतिर आफ्नो बौद्धिक कमजोरी फेला पर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। भेटघाटले अलमल्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आजको मिहिनेतले पछिसम्म फाइदा दिलाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट मनग्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। साँझदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आलस्य गर्नाले पनि काम बीचैमा रोकिन सक्छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्ने देखिन्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ। सामान्य लाभ उठाउन सकिनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। तत्कालका आवश्यकता पूरा हुनेछन्। सोखले फजुल खर्च बढाउन सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा फाइदा हुनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। (नेपाली पात्रो)