विजयपुर । सप्तकोशी नदीमा पानी बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भोजपुरको कोप्चेबाट १२ जना यात्रु बोकेर वराहक्षेत्रतर्फ आउँदै गरेको बोट आइतबार दिउँसो दुर्घटनामा परेको हो । सशस्त्र प्रहरी बल, विपद् बेस चतराका अनुसार सप्तकोशी नदीको अरुण र दूधकोशीको दोभानमा बोटको इन्जिन अचानक बन्द भएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइतेको उपचार भइरहेको छ भने एक जना यात्रु अझै बेपत्ता छन् । बेपत्ता यात्रुको खोजी भइरहेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए ।































