विजयपुर/नेकपा (एमाले) धरानले स्थानिय तहको निर्बाचनको प्रचार स्वरुप वडा वडामा निर्बाचन प्रचार समितीहरु गठन गर्ने कार्यलाई तिब्रता दिएको छ ।सोही क्रममा सोमबार १० नम्मर वडा कमिटीमा निर्बाचन प्रचारप्रसार समितीको कार्यालय उद्घाटन गरेको छ ।

कार्यालय उद्घाटन गर्दै संसद कृष्णकुमार राईले स्थानिय तहको निर्बाचनले धरानको बिकाश र धरानबासीको संबृद्धि हुने बताएका छन् ।कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले धरानको बिकाश गर्ने स्पस्ट भिजन एमालेले तयार पारीसकेको बताए बताए ।

अन्य दलहरुले एमालेका बिरुद्धमा भ्रमहरु छरेर बिभिन्न गतिबिधीहरु गरिरहेको भन्दै त्यसतर्पm सर्तक रहन आग्रह गरे । कार्यक्रममा बोल्दै एमाले सुनसरी क्षेत्र नम्मर १ का अध्यक्ष इन्द्रबहादुर राईले धरानको बिकाश र संबृद्धिकालागि एमालेले मात्र स्पस्ट भिजन तयार पारेको प्रस्ट्याएका थिए ।

निर्बाचन परिचालन कमिटी गठन सँगै १० नम्मर वडामा एमालेले चुनावी गतिबिधीलाई तिब्रता दिएको एमाले धरानका नगरकमिटी सदस्य देवाहाङ राईले बताए ।यसैगरि एमालेले ३ नम्मर वडा समितीमापनि निर्बाचन प्रचार समितीको कार्यालय उद्घाटन गरेको छ ।

कार्यालयको उद्घाटन संसद कृष्णकुमार राईले गरेका थिए ।कार्यक्रममा संसद कृष्णकुमार राई,एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान उपमहानगर इन्चार्ज प्रदिप भण्डारी,एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले बोलेका थिए ।

कार्यक्रममा एमालेकी १ नम्मर प्रदेश सल्लाहकार समिती सदस्य साबित्री श्रेष्ठ,एमाले जिल्लाका सचिबालय सदस्य मुरारी सुबेदी,जिल्ला सदस्य मञ्जु भण्डारी,नरमाया परियार लगायतको उपस्थिती रहेको थियो ।