
वि.सं. २०७४ साल वैशाख ८ गते। शुक्रबार। इश्वी सन् २०१७ अप्रिल २१ तारिख। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– दशमी, २४:४२ बजेउप्रान्त एकादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम बन्नेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधन उपयोग गर्दा पनि विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। ईर्ष्या गर्नेहरूले दु:ख दिन सक्छन्। व्यवहारमा समस्या परे पनि मिहिनेतको उचित प्रतिफल भने प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफल भइनेछ। तारिफयोग्य कामले नाम, दाम र इनाम समेत दिलाउन सक्छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट भने सजग रहनुपर्ला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसर जुटे पनि सोचेको उपलब्धि प्राप्त नहुनाले मन खिन्न रहला। आँटेको काममा बाधा हुनेछ भने अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। सानो कामले बित्थैमा अलमल्याउन सक्छ। सहयोगको आशा देखाउनेहरू पछि हट्न सक्छन्। तापनि धार्मिक मनोवृत्तिले सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा जीवनशैलीमा सुधार आउन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिस्थितिसँग सम्झौता गर्नुपर्दा चिताएको काम अधुरै रहने देखिन्छ। स्वास्थ्य कमजोर रहनेछ भने उपचारमा खर्च हुने योग छ। पछिका लागि भए पनि काम दोहोर्याउनुपर्ने हुन सक्छ। धैर्य एवं मिहिनेतले भविष्यका लागि आशा जगाउनेछ। हातहतियार तथा सवारी उपयोग गर्दा सावधानी अपनाउनुहोला। दिदीबहिनीको सहयोगले बिस्तारै फाइदा दिलाउन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं विनम्रताले अरूको मन जित्ने कोसिस गर्नुहोला। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। जीवनसाथीका माध्यमबाट रोकिएको कामसमेत बन्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पुराना सहयोगी प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिने हुँदा विवेकले काम लिनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। नतिजाका लागि काम दोहोर्याउनुपर्ला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अप्रिय समाचारले चिन्ता बढाउनेछ भने अस्वस्थताले कमजोरीको अनुभूति दिलाउनेछ। परिस्थितिले केही निराश बनाए पनि मिहिनेतले अवश्यै फाइदा दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि ज्ञानको उचाइ बढाउने समय छ। श्रम लागे पनि पहिलेको योजना कार्यान्वयनमा ल्याउन सफल भइनेछ। सन्तानको सहयोगले कामको अवरोध हट्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
हिम्मत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। सामान्य सहयोग जुटे पनि अरूको भर नपर्नुहोला। व्यापारमा आंशिक लाभ हुनेछ। रोकिएको काम सुरु भए पनि पूरा गर्न समय लाग्ने देखिन्छ। परिबन्धले अप्ठ्यारो सम्झौता गराउन सक्छ। कामको चाप बढ्नुका साथै केही समस्या देखापर्नेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा चिताएका काम बन्नेछन्। बोलीको माध्यमले कार्य सम्पादन गर्न सफल भइनेछ। विशेष समारोहको निम्तो प्राप्त हुने समय छ। तर द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। (नेपाली पात्रो