धरान /साहसिक खेलप्रेमी युवाहरुको एक भेलाले राष्ट्रिय साइक्लिङ संघको सुनसरी शाखा गठन भएको छ ।आइतबार धरानमा भएको भेलाले श्याम तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा युवराज राई रहेका छन् भने सदस्यहरुमा सुमन राई, सुजन खत्री, सुजन चौधरी, आर्यन भट्टराई, राजन राई, अरुण चापागाई, अशोक राई र प्रेम थापा रहेका छन् ।होटल ड्रिमल्याण्डमा आयोजित भेलाले संघको पहिलो जिल्ला शाखा गठन गरेको जनाइएको छ ।

जिल्लामा रहेका साइक्लिष्टहरुबीचमा एकता ल्याउदै धरानलाई साइकल सिटि बनाउने उद्दश्यले संघ गठन भएको तदर्थ समितिका अध्यक्ष तामाङले बताए । सोही भेलामा एमालेका धरान अध्यक्ष एवं मेयरका उम्मेद्वार तारा सुब्बाले साइक्लिष्टहरुसँग अन्र्तक्रिया गर्दै सुझावहरु पनि संकलन गरेका थिए ।

साथै, सुब्बाले धरानलाई साइकल सिटिको लागि आवश्यक भौतिक पुर्वाधार तयार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । संघका केन्द्रीय अध्यक्ष जीवन राईको प्रमुख आतिथ्यमा आयोजित भेला नवराज राईको अध्यक्षतामा भएको थियो । भेलामा करिब तीन दर्जन साइक्लिष्टहरु भेला भएका थिए