वि.सं. २०७४ साल वैशाख १३ गते। बुधबार। इश्वी सन् २०१७ अप्रिल २६ तारिख। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– औंसी, १८:१४ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। व्यवहारमा ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। विभिन्न अवसरले पछ्याए पनि स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुनेछ। सरकारी कामकाजमा अलमल हुन सक्छ। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) सानो गल्तीले हर्जाना तिराउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि मालमत्ताको मूल्य उठाउन मुस्किल पर्नेछ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान पर्ला। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। समय दिन नसकिए पनि केही समय पर्खंदा राम्रो हुनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। ठूलै वर्गको नेतृत्व गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आँटले कीर्तिमानी दिलाउन सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट मनग्गे लाभ मिल्नेछ। व्यापारमा पनि निकै फाइदा हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। चिताएको काम रोकिए पनि भाग्यले केही अवसर थमाउन सक्छ। परोपकारी कामले मात्र अरूको मन जित्न सकिनेछ। (नेपाली पात्रो) कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने स्थिति आउला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर जुटे पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। तर जीवनसाथीको स्वास्थ्यबारे चिन्ता बढ्न सक्छ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सत्कार समेत पाइने समय छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। परिस्थितिवश तत्काल लाभांश नजुट्न सक्छ। चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। पेटको खराबीले कमजोर भइनेछ। पछिका लागि फाइदा भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहोला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। (नेपाली पात्रो)