वि.सं. २०७४ साल वैशाख १४ गते। बिहीबार। इश्वी सन् २०१७ अप्रिल २७ तारिख। नेपाल संवत् ११३७ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– प्रतिपदा, १६:०० बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आगन्तुकले अलमल्याउन सक्छन्। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) पुरुषार्थी काम प्रारम्भ हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। काममा व्यवधान हुनेछ भने आत्मसम्मानमा पनि चोट पुग्न सक्छ। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने स्थिति आउला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्न सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अतिथिका रूपमा मानसम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। तर, समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ। पढाइलेखाइमा पनि त्यति समय दिन नसकिएला। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। वादविवादबाट टाढा रहनुहोला। साइनो गाँस्नेहरूले व्यवहारमा अप्ठ्यारो पार्न सक्छन्। परिस्थिति अलि संघर्षपूर्ण रहनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, बिस्तारै लाभ हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला। (नेपाली पात्रो)