वि.सं. २०७४ साल वैशाख १६ गते। शनिबार। इश्वी सन् २०१७ अप्रिल २९ तारिख। नेपाल संवत् ११३७ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– तृतीया, ११:११ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्ला। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। आत्मविश्वासको कमीले पछि परिए पनि बुद्धिले उपाय सुझाउन सक्छ। ढिलै भए पनि योजना कार्यान्वयनमा आउनेछ। कामको सन्दर्भमा आफ्नैसँग पनि प्रतिस्पर्धा गर्नुपर्ला। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदै हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusसमयमा निर्णय लिन नसक्दा पछि परिनेछ। काममा आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। साथीभाइ तथा आफन्तजनबाट टाढिनुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। लाभांश बाहिरिनाले अर्थअभाव देखा पर्नेछ। भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ। दिगो काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। तर पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-मा पनि प्रशस्त फाइदा हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मिहिनेतले जिम्मेवारी दिलाउनेछ। तर सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले केही काम बनाउन सकिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। तर समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिएलान्। अरूको सुझावलाई बेवास्ता गर्दा पछि दुःख पाइनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अधिकारका लागि संघर्षमा जुट्नुपरे पनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। तापनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। विभिन्न उपहार प्राप्त हुने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, नयाँ काम प्रारम्भ गर्ने बेला छ। व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कृषिमा कामको चाप बढे पनि धन आर्जन प्रशस्त हुने योग छ। (नेपाली पात्रो)