एजेन्सी /अभिनेत्री मनिषा कोइराला अर्को बलिउड फिल्ममा आउदैछिन, जसमा उनी बलिउड नायक रणवीर कपुरको आमाको भूमिका निभाउंदै छिन् । बलिउड नायक संजय दत्तको बायोपिक फिल्ममा संजय दत्तकी आमा नरगिस दत्तको भूमिका निभाउदै छिन् मनिषा ।
संजय दत्तको बायोपिक फिल्ममा संजयकी आमाको भूमिकामा देखा पर्न लागेकी मनिषाले यो भूमिका रणवीर कपुरको कारण निभाउन लागेको बताएकी छिन्।
रनवीर आफुलाई सबैभन्दा मनपर्ने अभिनेता भएको कारण पनि यो फिल्मप्रति बढि प्रभावित भएको उनले बताइन् । मनिषाले आफ्नो मर्जीको फिल्म मात्र रोज्ने गर्दछिन् । यो फिल्ममा संजयको भूमिका रणवीरले निभाउँदै छन्।
एक अन्तरवार्तामा मनिषाले नरगिसको भूमिका र उनको लुक्सबारे बताउदै यस्तो भूमिका खेल्न पाउदा आफुलाई सौभाग्यवती ठानेको बताइन् । उनको भूमिकामा देखा पर्न उनले कडा मेहेनत गर्नुपरेको समेत बताएकी छिन् । फिल्मको सुटिङ सुरु भइसकेको छ। रणवीर बने मनिषा काेइरालाका छाेरा
एजेन्सी /अभिनेत्री मनिषा कोइराला अर्को बलिउड फिल्ममा आउदैछिन, जसमा उनी बलिउड नायक रणवीर कपुरको आमाको भूमिका निभाउंदै छिन् । बलिउड नायक संजय दत्तको बायोपिक फिल्ममा संजय दत्तकी आमा नरगिस दत्तको भूमिका निभाउदै छिन् मनिषा ।
संजय दत्तको बायोपिक फिल्ममा संजयकी आमाको भूमिकामा देखा पर्न लागेकी मनिषाले यो भूमिका रणवीर कपुरको कारण निभाउन लागेको बताएकी छिन्।
रनवीर आफुलाई सबैभन्दा मनपर्ने अभिनेता भएको कारण पनि यो फिल्मप्रति बढि प्रभावित भएको उनले बताइन् । मनिषाले आफ्नो मर्जीको फिल्म मात्र रोज्ने गर्दछिन् । यो फिल्ममा संजयको भूमिका रणवीरले निभाउँदै छन्।
एक अन्तरवार्तामा मनिषाले नरगिसको भूमिका र उनको लुक्सबारे बताउदै यस्तो भूमिका खेल्न पाउदा आफुलाई सौभाग्यवती ठानेको बताइन् । उनको भूमिकामा देखा पर्न उनले कडा मेहेनत गर्नुपरेको समेत बताएकी छिन् । फिल्मको सुटिङ सुरु भइसकेको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।