वि.सं. २०७४ साल वैशाख १७ गते। आइतबार। इश्वी सन् २०१७ अप्रिल ३० तारिख। नेपाल संवत् ११३७ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– चतुर्थी, ०८:४५ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा सजग नबन्दा अप्ठ्यारोमा परिनेछ। फजुल खर्च बढ्नेछ भने शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सहयोगीहरूले हात झिक्नाले पनि समस्या बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक कार्यमा अभिरुचि बढ्नेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनाग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) पहिलेका गल्ती सच्याउने मौका छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। बलजफ्तीले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। दिगो आम्दानी हुने काम फेलापर्ला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यको लाभांश घट्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। तर सोखले खर्च बढाउन सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। नोकरी र राजनीतिमा पनि समय चुनौतीपूर्ण नै देखिन्छ। तापनि समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। सोचेको लक्ष्य प्राप्त गर्न समय प्रतीक्षा गर्नुहोला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) आफ्नै बेहोसीले नोक्सान पुर्याउला। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। तापनि चुनौतीहरू पन्छाउँदै केही काम बनाउन सकिनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आस मारेको फलले आशा जगाउन सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) भौतिक साधनले मन लोभ्याउन सक्छ। जीवनशैलीमा परिवर्तन पनि आउनेछ। प्रियजनसँगको भेटघाटले आनन्द मिल्नेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। व्यावसायिक कामले यात्रा गराउला। उद्योग र व्यापारमा फाइदा हुनेछ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुन सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अप्रिय समाचारले दुःखी बनाउला। अध्ययनमा त्यति प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने समय छ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोगले काम सम्पादन हुनेछ। मिहिनेत गर्दा प्रतिफल प्राप्त हुनेछ। (नेपाली पात्रो