धरान/संविधान संशोधन विधेयक अघि नबढाई संसद बैठक स्थगित भएको छ । संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची एकाएक रद्द गर्दै संसदको बैठक पाँच दिनका लागि स्थगित भएको हो ।
बैठकमा पूर्वसांसद नथुनीसिंह दनुवारको शोक प्रस्ताव पािरत गर्दै संसदको बैठक बैशाख २१ गतेका लागि स्थगित भएको छ । प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने निश्चित नभएपछि सत्ता पक्षले रणनीतिक रुपमा लम्ब्याएको स्रोतले बताएको छ ।
१८ गते मनोनयन दर्तामा मधेसीदलहरुले सहभागिता नजाननउने निश्चित भएको छ । योसँगै चुनाव पनि अन्यौलमा परेको छ । संसद लामो समय रोकिएसँगै स्थानीय तहको मनोनयनअघि संशोधन विधेयक पास नहुने भएको छ ।
५ सय ९३ सदस्य रहेको संसदमा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनसँग एक तिहाईभन्दा बढी संख्या देखिएको छ । सत्तारुढ राप्रपा लगायत दलहरुबाट समेत उपस्थितिमा आशंका बढेपछि सत्तापक्षले तत्काललै प्रक्रिया अगाडि नबढाउने राणनीति लिएको हो । सभामुख र सरकारले चाहेमा दोस्रोपटक पनि बेठक बोलाएर संसदबाट संसोधन विधेयक पारित गराउन सकिन्थ्यो ।