वि.सं. २०७४ साल वैशाख १८ गते। सोमबार। इश्वी सन् २०१७ मे १ तारिख। नेपाल संवत् ११३७ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पञ्चमी, ०६:२५ बजेदेखि षष्ठी २८:१६ बजेउप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अभिव्यक्ति कलामा निखारता आउनेछ। जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्गे धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। मनग्गे धनलाभ हुने समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुरुमा खर्च लागे पनि पहिलेको लगानीले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दु:ख देलान्। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। तापनि, चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउने समय छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रकम अभावले आजको योजना स्थगित हुन सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। प्रतिफल अनिश्चित रहे पनि पछिका लागि गरिएको लगानीले भने अवश्यै फाइदा दिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तर अरूकै काममा समय खर्चनुपर्ला। कामको चापले जीवनशैली व्यस्त रहनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। बलजफ्तीले काम बिग्रन सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
गोपनीयता बाहिरिनाले समस्या आउन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। नयाँ काममा हात हाल्न समय पर्खनुहोला। शुभचिन्तकहरूले साथ दिनेछन्। पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ। भैपरी आउने समस्या समेत सुल्झाउन सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। नियमित काम भने सम्पादन हुनेछन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ। (नेपाली पात्रो)