धरान/‘बाहुबली– २’ को शानदार बक्स अफिस यात्रा विष्फोटक तरिकाले अघि बढिरहेको छ । पहिलो दिन चलचित्रले १२१ करोड र दोस्रो दिन १०२ करोडको कमाइ गरेको थियो । चलचित्रले दुई दिनमा २२३  करोड कमाइ गरेको थियो ।

ट्रेडका अनुसार चलचित्रले तीन दिनमा ३०० करोड पार गरेको अनुमान छ । यो चलचित्रले शानदार र कीर्तिमानी विकेन्ड पूरा गरेको थियो । यद्यपि चलचित्रसँग मात्र तीन दिनको विकेन्ड रहेको थियो ।

बाहुबली हिन्दी भर्जनको विश्व बजारमा कमाइका दृष्टिले राम्रो विकेन्ड रहेको ट्रेड एनलिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । विकेन्डको समाप्तीसँगै अस्ट्रेलियमा बाहुबलीले ४.०४ करोड, न्युजिल्यान्डमा १.३३ करोड, बेलायतमा १.६२ करोड कमाइ गरेको  छ ।

बाहुबलीको तमिल भर्जनले भने अस्ट्रेलियामा अचम्मित विकेन्ड पूरा गरेको छ, जसले २.४७ करोड कलेक्शन गरेको छ । बेलायतमा भने १.६१ करोड कमाइ गरेको छ ।

बाहुबलीको हिन्दी भर्जनले मात्र चलचित्र ‘दंगल’ र ‘सुल्तान’ को सबै रेकर्ड तोडेको छ । अहिले ओपनिङ विकेन्डको फाइनल नम्बर आउन बाँकी रहेको ट्रेड एनलिस्ट तरण आदर्शले जनाएका छन् ।