वि.सं. २०७४ साल वैशाख २१ गते। बिहीबार। इश्वी सन् २०१७ मे ४ तारिख। नेपाल संवत् ११३७ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– नवमी, २३:३४ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। आमाको आशीर्वाद तथा परिवारजनाको सहयोगले अप्ठ्यारा परिस्थिति सुल्झाउन सकिनेछ। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। हडबडले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। नयाँ व्यवसायमा लगानी गर्न समय पर्खनुहोला। मिहिनेत गर्दा धन आर्जन हुनेछ। निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) बोलीको गलत अर्थ लाग्नाले अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। व्यर्थैमा काम रोकिने सम्भावना छ। व्यापारमा लाभांश कममात्र प्राप्त हुने देखिन्छ। विगतको श्रमबाट भने फाइदै हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। वादविवादले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहनुहोला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) भेटघाटमा अलमलिनाले आँटेको काममा बाधा पुग्नेछ। काममा चिताएको फाइदा उठाउन नसकिएला। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूले मात्र आफ्ना कमजोरी औंल्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाका साथीभाइको निम्तो प्राप्त होला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने हुन सक्छ। आम्दानी भए पनि तत्काल खर्च गर्नुपर्ला। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। आर्थिक लेनदेनमा पनि सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) महत्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा नउठ्न सक्छ। चुनौतीपूर्ण काममा जुट्नुपर्ने स्थिति आउन सक्छ। काममा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। तथापि प्रयास गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने लेनदेनले विवाद निम्त्याउन सक्छ। विगतको श्रमबाट लाभ हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। तर उपहारका लागि खर्च गर्नुपर्ने हुन सक्छ। तत्काल खर्च लागे पनि आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने साधन जोड्ने समय छ। विवादबाट टाढै बस्नुहोला। सोचेजति लाभ नमिल्न सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) अधिकारका लागि केही संघर्ष हुन सक्छ। फजुल खर्च पनि बढ्नेछ। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। लगनशीलताले पछिका लागि उपलब्धि दिलाउन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो