अाजकाे राशिफल
- वैशाख २३, २०७४
- ब्लाष्ट खबर
वि.सं. २०७४ साल वैशाख २३ गते। शनिबार। इश्वी सन् २०१७ मे ६ तारिख। नेपाल संवत् ११३७ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– एकादशी, २२:३२ बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मिहिनेत गर्दा चिताएको काम बनाउन सकिनेछ।अपराह्नदेखि अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको भर पर्दा दु:ख पाइनेछ भने प्रतिस्पर्धीहरूले काममा बाधा पुर्याउन सक्छन्। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। परिवारिक असमझदारीले केही समस्या निम्त्याउला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। अपराह्नदेखि अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आंशिक लाभ भए पनि धेरै फाइदा नदेखिएकाले सजग रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
धैर्य एवं निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। दिउँसोदेखि प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्ला। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
होसले काम लिँदा बिस्तारै फाइदा हुनेछ। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। नयाँ काम सुरु गर्नुअघि शुभचिन्तक तथा सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। दिउँसोदेखि व्यापार तथा कृषिमा सामान्य लाभ हुनेछ। तर पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। प्रतिस्पर्धी बढ्नाले काममा सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत गर्दा दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। हिम्मतले काम बनाउन सकिनेछ भने विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। साँझतिर प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बौद्धिक साधनाले तार्किक क्षमतामा निखारता ल्याउनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तत्काल लाभ नभए पनि आजको मिहिनेतले पछिसम्म फाइदा दिलाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर तत्काललाई अर्थ अभावले सताउन सक्छ। अपराह्नदेखि सोखले फजुल खर्च गराउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्ने देखिन्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। सामान्य लाभ उठाउन सकिनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएको कामले उत्साह जगाउनेछ। तत्कालका आवश्यकता पूरा हुनेछन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। अपराह्नदेखि अवसर मिले पनि चिताएको फाइदा नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त होला। कार्यक्षेत्रमा विवाद आउने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। अरूका लागि श्रम र समय लगानी गर्नुपरे पनि मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रमाइलो परिवेश रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्दा मन खिन्न हुन सक्छ। सोचेको लाभ उठाउन नसकिएला। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। अपराह्नदेखि स्वास्थ्यगत समस्याले सताउन सक्छ। सानातिना समस्यामै अल्झनुपर्ला।अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य भने प्राप्त हुने देखिन्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। वादविवादबाट टाढै रहनुहोला। स्वास्थ्य पनि कमजोर रहनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। अपराह्नदेखि स्थितिमा सुधार आउला। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। तापनि आफ्ना योजना गोप्य राखी समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। (नेपाली पात्रो)