धरान/चट्याङ लागेर चितवनमा एक स्थानीय तह उम्मेदवारको मृत्यु भएको छ ।कालिका नगरपालिकाका माओवादी केन्द्रका उम्मेदवार सिफल चेपाङको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो ।
कालिका नगरपालिकाको सिद्धीस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर घाइते चेपाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
उनी कालिका नगरपालिकाको वडा नं. ११ को वडा सदस्य उम्मेदवार थिए ।कालिका नगरपालिकाको ११ नम्बर वडा निकै विकट रहेकाले चट्याङले पुर्याएको क्षतिबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ । चट्याङ लागेर माओवादी उम्मेदवारको मृत्यु
धरान/चट्याङ लागेर चितवनमा एक स्थानीय तह उम्मेदवारको मृत्यु भएको छ ।कालिका नगरपालिकाका माओवादी केन्द्रका उम्मेदवार सिफल चेपाङको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो ।
कालिका नगरपालिकाको सिद्धीस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर घाइते चेपाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
उनी कालिका नगरपालिकाको वडा नं. ११ को वडा सदस्य उम्मेदवार थिए ।कालिका नगरपालिकाको ११ नम्बर वडा निकै विकट रहेकाले चट्याङले पुर्याएको क्षतिबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।