वि.सं. २०७४ साल वैशाख २८ गते। बिहीबार। इश्वी सन् २०१७ मे ११ तारिख। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– प्रतिपदा, २८:१३ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा बिग्रिएको काम सच्याउन सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आफन्तहरूको साथले उत्साह जगाउनेछ। मिहिनेतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। अतिथिका रूपमा सम्मान प्राप्त होला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। रमाइलो यात्राको मौका छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अधिकारका लागि जुट्नुपर्ला। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदा उठाउन सकिनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। प्रतिष्ठित काम गर्दै फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यावसायिक काममा कम मात्र फल प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) आलोचकहरूले सताउनेछन् भने आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सानोतिनो समस्या आए पनि चिताएको काम बिस्तारै सम्पादन हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने पछि फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। भेटघाटले काममा बाधा पुर्याउला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। शुभचिन्तकहरूबाट आफ्ना कमजोरी पत्ता लगाउन सकिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत रोकिन सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। तर, आम्दानी रोकिनाले तत्काललाई योजना स्थगन गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि पछि परिने परिस्थिति देखिन्छ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) मिहिनेतले पदीय जिम्मेवारी दिलाउन सक्छ। काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ। वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कम फाइदा हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ। (नेपाली पात्रो)