ताप्लेजुङ/ ताप्लेजुङको शिरिजंगा गाउँपालीकाको सिकैचा क्षेत्रमा जंगली कालोभालुले स्थानिय कृषकको दर्जनौ घरपालुवा जनावर खाईदिएको छ ।
सो गाउँपालीका स्थित साविकको सिकैचा गाविस १ को दोभाने र छाँगे खर्कमा चराउन र गोठ राख्न लगिएका १५ वटा भेडा, केहि संख्यामा चौरि र गाई, तीन वटा बाख्रा, एउटा कुकुर कालो भालुले खाएको स्थानिय गोपाल विष्ठले जानकारी दिनुभयो ।
सो क्षेत्रमा सिकैचाका सिब लिम्बु, सोहि स्थानका मनबहादु लिम्बु र याम्फुदिनका कालु शेर्पा ले गोठ लगेका थिए । उनिहरुकै चौपाया भालुले खाएको बिष्ठले बताए ।
केहि दिन अघि देखि तीन वटाको संख्यामा आएको कालो भालुले सो संख्यामा गोठ राखिएका चौपाया खाएपछि स्थानियले खर्कबाट सुरक्षित स्थानमा सारेको बिष्ठको भनाई छ । पहिले नदेखिएको कालोभालुको संख्या ह्वातै बढेपछि स्थानिय त्रसित बनेका छन् । ताप्लेजुङको सिकैचाको खर्कमा कालोभालुको बिगबिगि, दुई दर्जन बढि चौपाया खायो
ताप्लेजुङ/ ताप्लेजुङको शिरिजंगा गाउँपालीकाको सिकैचा क्षेत्रमा जंगली कालोभालुले स्थानिय कृषकको दर्जनौ घरपालुवा जनावर खाईदिएको छ ।
सो गाउँपालीका स्थित साविकको सिकैचा गाविस १ को दोभाने र छाँगे खर्कमा चराउन र गोठ राख्न लगिएका १५ वटा भेडा, केहि संख्यामा चौरि र गाई, तीन वटा बाख्रा, एउटा कुकुर कालो भालुले खाएको स्थानिय गोपाल विष्ठले जानकारी दिनुभयो ।
सो क्षेत्रमा सिकैचाका सिब लिम्बु, सोहि स्थानका मनबहादु लिम्बु र याम्फुदिनका कालु शेर्पा ले गोठ लगेका थिए । उनिहरुकै चौपाया भालुले खाएको बिष्ठले बताए ।
केहि दिन अघि देखि तीन वटाको संख्यामा आएको कालो भालुले सो संख्यामा गोठ राखिएका चौपाया खाएपछि स्थानियले खर्कबाट सुरक्षित स्थानमा सारेको बिष्ठको भनाई छ । पहिले नदेखिएको कालोभालुको संख्या ह्वातै बढेपछि स्थानिय त्रसित बनेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।