वि.सं. २०७४ साल वैशाख ३१ गते। आइतबार। इश्वी सन् २०१७ मे १४ तारिख। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– तृतीया, ०८:१५ बजेउप्रान्त चतुर्थी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुने समय छ। सहयोगीहरू जुट्नाले आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। कामको लगावले लोकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। बलभन्दा बुद्धिको उपयोगले काम सम्पादन हुने देखिन्छ। समस्या दर्साउँदा आफन्तले पनि साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। व्यापारमा लाभ लिने समय छ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। आमाको सहयोगले काम बनाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछिपार्न सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। मौकाको फाइदा उठाउन नसकिएला। आफ्ना कमजोरी सार्वजनिक हुन सक्छन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। (नेपाली पात्रो)