
वि.सं. २०७४ साल जेठ १ गते। सोमबार। इश्वी सन् २०१७ मे १५ तारिख। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, १०:०३ बजेउप्रान्त पञ्चमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
केही समय प्रतीक्षा गर्नुपरे पनि राम्रो उपलब्धि प्राप्त हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। चुनौती देखिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले उत्साह बढाउला। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि फाइदा हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना कमजोरी बाहिर आउनाले समस्यामा परिएला। तर, अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको कामले उत्साह जगाउला। पछि फाइदा हुने काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भौतिक साधनले मन लोभ्याउन सक्छ। सोख तथा मनोरञ्जन ले खर्च बढाउनेछ भने मिहिनेतले जीवनशैलीमा परिवर्तन पनि आउनेछ। प्रियजनसँगको भेटघाटले आनन्द मिल्नेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। व्यावसायिक कामले यात्रा गराउनेछ। व्यापारमा मनग्य लाभ लिने समय छ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोगले पछ्याउनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत प्राप्त हुनुका साथै पछि फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। आफ्नो श्रमबाट अरूले समेत फाइदा उठाउने हुँदा सजग रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बेसुरमा गरिएको कामले समस्या निम्त्याउला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। समयमा निर्णय नलिँदा काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनमा आमाको सहयोगले फाइदा हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र आँटेका काममा सोचेजस्तै सफलता मिल्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला, मौकामा राम्रो सहयोग जुट्न सक्छ। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरूले भने दु:ख देलान्, आफ्ना योजना गोप्य राख्नुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउला। हठात् निर्णय गर्ने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। तर, पहिलेको सफलताले मनोबल बढाउनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारजनको साथले पनि उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा होश नपुग्नाले खर्च बढ्नेछ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। सानो कमजोरीले विवादमा परिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा केही उपलब्धि हातलागी हुनेछ। तर सोखले खर्च बढाउन सक्छ। मेहनत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण–पोषणमा खर्चनुपर्ला। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ढिलै भए पनि राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने बेला छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। (नेपाली पात्रो