धरान/ लागूऔषध ल्याउँदै गर्दा धरानका एक युवक बुधबार विराटनगरमा पक्राउ परेका छन् ।विराटनगर उमनपा–१५ स्थित सीमामा जाँच गर्ने क्रममा धरान–१५ का ३९ वर्षीय भरत दाहालको साथबाट प्रहरीले केही थान लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले अनुसन्धान थालेको छ । उनको साथबाट १३ एम्पुल डाइजेल्याव, १३ एम्पुल एभिल र १३ एम्पुल लुपिजेसिकसहित पक्राउ गरेको हो ।

उनी सीमा बजार जोगवनीबाट फर्कने क्रममा शंकाको आधारमा उनको साथबाट सामान बरामद भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।