[caption id="attachment_45018" align="alignleft" width="485"] तस्विर उज्यालाे अनलाइन[/caption]

धरान/प्युठानमा स्थानीय तहको चुनावका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकी मच्छीमा तोडफोड गरेका छन् । प्रहरी र म्यादी प्रहरीबिचको विवाद हुँदा उनीहरुले चौकीमा तोडफोड गरेका हुन् । झिमरुक गाउँपालिका अन्तर्गत मतदान केन्द्रमा खटिएका म्यादीलाई प्रहरीले कुटपिट गरेको भन्दै म्यादी प्रहरीले तोडफोड गरेका हुन् ।

तालिमका क्रममा प्रहरी सहायक निरीक्षकले म्यादी प्रहरी हरि बिक्रम केसीलाई छातीमा हानेको भन्दै म्यादी प्रहरी आक्रोशित भएका हुन् । प्रहरी बिचको आपसी विवाद मिलाउन नसक्दा प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि झ्यालढोकाका सिसा तोडफोड भएका छन् ।

कुर्चि, बेन्चलगायत प्रहरीका महत्वपूर्ण कागजातमा क्षति भएको छ । घाइते केसीको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा चौकीलाई थप क्षति हुनबाट जोगाएको बताउँदै प्रहरीले सामान्य विवादमा समेत चौकीमै आगजनी गर्ने हिसावले आक्रोशमा उत्रिएको जनाएको छ ।उज्यालाे अनलाइनबाट