धरान/नेपाल आयल निगमले लगानीकर्तालाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । निगमको शुक्रबार सम्पन्न ३५औँ साधारणसभाले ५० प्रतिशतका दरले लगानीकर्तालाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निगमका निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार ५० प्रतिशतका दरले लाभांश वितरण गर्दा करिब १५ करोड रुपैयाँ खर्च हुनेछ । निगमले आर्थिक वर्ष ०७२-७३ मा कमाएको १ अर्ब ५८ करोड सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको साहले जानकारी दिए । आर्थिक वर्ष ०५८-५९ देखि निरन्तर नोक्सानीमा गुज्रिएको निगमले त्यसयता पहिलोपटक लाभांश वितरण गर्न लागेको हो ।
आयल निगममा सरकारको ९८.३७ प्रतिशत सेयर छ । त्यसपछि नेपाल बैंक लिमिटेडको ०.२३ प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडको ०.७८ प्रतिशत, वाणिज्य बैंक लिमिटेडको ०.१५ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको ०.४७ प्रतिशत सेयर रहेको छ ।
निगम सञ्चालक समिति सदस्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले लगानीकर्ता सरकारी निकायलाई निगमले लाभांश वितरण गर्नु स्वागतयोग्य भएको बताए, नयाँ पत्रिकामा खबर छ