धरान/सरकारले तराईका १९ जिल्लामा २३ वटा स्थानीय तह थप गर्ने भएको छ ।  अहिले जारी मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा स्थानीयविकास मन्त्री विजय कुमार गच्छदार नेतृत्वको कार्यदलले यो प्रस्ताव पेस गर्दैछ । मन्त्रिपरिषद् बैठकमा सहभागी हुने क्रममा गच्छदारले पत्रकारसँग कुरा गर्दै कार्यदलले स्थानीय तह थप गर्ने विषयमा प्रतिवेदन तयार भएको जानकारी दिए । उनका अनुसार १९ जिल्लामा २३ वटा तह थपिनेछन् भने वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाइनेछ । कार्यदलमा मन्त्री बालकृष्ण खाँण र अजय शंकर नायक सदस्य थिए । त्यसैगरी कार्यदलले मधेसवादी दलका नेताहरुसँगको परामर्शमा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो ।  अहिले बस्ने मन्त्रिपरिषद् बैठकले यसबारेमा निर्णय गर्दैछ ।बाह्खरीबाट