[caption id="attachment_45382" align="alignleft" width="492"] तस्विर बाह्खरीबाट[/caption]

काठमाण्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै संसदलाई सम्बोधन गरेर राजिनामा दिने भएका छन् ।

मङगलबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्रीले सबै मन्त्रीहरुसँग सामुहीक तस्वीरपनि लिएका छन् ।बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आज बस्ने संसद बैठकमा संबोधन गरेर राजीनामा दिनेछन् ।

नेकपा एमालेले भने स्थानिय तहको संख्या थपिएको बिषयमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसद अवरुद्ध गर्ने तयारी गरेको छ । स्थानीय तहको संख्या थप्ने निर्णयविरुद्ध एमालेले संसद अवरुद्ध गर्न लागेको हो ।

यसै बिच मन्त्रीपरिषदको बैठकले राष्ट्रिय समाचार समितिको कार्यकारी निर्देशकमा ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।