धरान/नेकपा एमाले धरानले धरान सभागृहलाई अन्तराष्ट्रिय स्तरको सभागृहको रुपमा बिकाश गर्ने योजना रहेको बताएको छ ।

एमालेले बुधबार सञ्चारकर्मिहरु सँग आयोजना गरेको अन्तकृया कार्यक्रममा उठेका बिषयमा जबाफ दिदै एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले धरान नगरको अमुल्य सम्पतीको रुपमा रहेको सभागृहमा थियटर सहितको ‘मल्टीप्रपोज’ सभाहलको रुपमा बिकाश गर्ने योजना एमालेले पहिलेनै सार्बजनिक गरि सकेको बताए ।

सभागृह सञ्चालमा एमालेले अबरोध गरेको भन्ने बिषयमा जिज्ञासा आएपछि सुब्बाले धरान नगरको सम्पती कुनै एक ब्यक्ति वा कम्पनीलाई ५० औ बर्षका लागि दिन नहुने अडान एमालेले राखेको बताए । अहिलेको सभागृह दयनीय अबस्थामा छ तर यसलाई ब्यबासायीक रुपमा बिकश गरेर नगरको आम्दानी बिकाश गर्ने भन्दापनि निजीकरण गर्ने हरुको चलखेल भएको एमालेले त्यसको बिरोध गर्दे त्यसलाई अन्तराष्ट्रिय स्तरको मल्टीप्रपोज हलको रुपमा बिकाश गर्नु पर्ने प्रस्ताब अगाडी सारेको उनले बताए ।

धरानमा बसपार्क निर्मणको सवालमा एमालेकै पालमा नितीगत निर्णय भएर योजना आएपनि पछि राजाको प्रतक्ष्य शासनकालमा आएर बदमासी भएको भन्दै उनले त्यसलाई सच्याएर योजना अगाडि बढाउने प्रकृया सुरु भईसकेको बताए ।

बास्तबिक कुरा नबुझि एमालेलाई दोश थोपर्ने नियोजीत कार्यहरु प्रति एमाले सचेत रहेको उनले बताए । धरान बिमानस्थल निर्माणको बिषयमा अहिले केही राजनैतिक दलले जनतालाई भ्रम छर्ने काम गरि रहेको भन्दै जनतालाई भ्रमित पार्ने काम नगर्न आग्रहपनि गरे । बिमानस्थल निर्माणको प्रकृया अगाडि बढाउने कसरत भएको छ तर आज भोली नै निर्माण सुरु हुन्छ जस्तै गरि जनतालाई भ्रम छर्न थालिएको छ त्यो जनताप्रतिको बेइमानी हो सुब्बाले भने ।

अहिले नागरिक उड्यन प्राधिकरणलाई जग्गा हस्तान्तरण गर्ने प्रकृया स्थानिय बिकाश मन्त्रालयमा पुगेको छ,धरानमा जहाँ बिमानस्थल बनाउने भनिएको छ त्यहाँका जनताको बसोबासको अर्को ब्यबस्था नमिलाइ काम सुरु गर्ने बिषयमा एमालेले अडान लिएको छ सुब्बाले भने ।

बिमानस्थल बनाउन आबश्यक जग्गा अहिले छैन मेयरका दाबेदार समेत रहेका सुब्बाले भने आबश्यक जग्गाकालागि त्यहाँ बसोबास गर्ने बासिन्दाको अर्को बैकल्पीक ब्यबस्था नगरी काम अगाडि बढाउनु हुदैन भन्ने हाम्रो अडान छ ।अन्य दलहरु प्रशासनको भरमा जग्गा खाली गराउने मानसिकतामा रहेको उनले बताए ।

उनले धरान क्षेत्र भित्रका सडक निर्माणको पुर्ननिर्माणका लागि पुन निर्माण कोष बनाएर भत्कीएको सडकलाई तत्काल निर्माण गर्ने ब्यबस्था मिलाउने योजना एमालेले अगाडी सारेको उनले बताए ।