धरान/चुनावमा भाग लिने संभावनाका बीच मधेसी दलसहितको संघीय गठवन्धनले स्थानीय तहको दोस्रो चरणको चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने गरी नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सरकारले तराई–मधेसका जिल्लामा २२ वटा स्थानीय तह थप गरिसकेको अवस्थामा संघीय गठवन्धनले मधेस बन्दसहितका कार्यक्रम सार्वजनिक गरेको हो ।
शुक्रबार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरी गठवन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा जेठ १३ गते मसाल र १४ गते लाठी जुलुस निकालिने छ । यस्तै १५ गते (गणतन्त्र दिवसको दिन) मैनबत्ती बालेर श्रद्धान्जली सभा आयोजना गर्ने गठवन्धनले जनाएको छ ।
जेठ १६ गते स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने, १७ गते मसाल जुलुस निकाल्ने तथा १८ र १९ गते तराई र मधेसका जिल्ला बन्द गर्ने गरी गठवन्धनले आन्दोलन घोषणा गरेको हो ।
लाेकान्तरबाट